इटालिया फुटबल: युभेन्ट्स कोपा क्वाटरफाइनलमा प्रवेश

Siri

काठमाडौं । सिरी ए लिग लिडर युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई २ - ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु टिम बोलोग्नाविरुद्ध पहिलो हाफमा युभेन्ट्सले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउल डिबालालाई बेन्चमा राखेको थियो । तर फेड्रिको बेर्नाडेस्ची र मोइस कानले एक एक गोल गरेपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

 

खेलको नवौं मिनेटमा बेर्नाडेस्चीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४९ औं मिनेटमा कानले गोल गर्दै युभेन्ट्स जित पक्का गरे ।

खेलको दोस्रो हाफमा रोनाल्डो र डिबाला मैदान छिरेपनि गोल गोल गर्न सकेनन् । रोनाल्डो ६२ र डिबाला ७७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

यस्तै एसी मिलान साम्पडोरियालाई अतिरिक्त समयमा २ - ० ले हराएर कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ । लाजियोले नोभारालाई ४ - १ ले हराएर अन्तिम आठको यात्रा तय गर्यो । एजेन्सी 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...