महिला टी -ट्वान्टी स्म्यास क्रिकेट: दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दै

Neri

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ ।

पहिलो खेलमा चीनलाई हराउन सफल नेपाली टोली मलेसियाविरुद्ध दोस्रो जितको खोजीमा मैदान उत्रने छन् । नेपाल र मलेसियाबीचको खेल बिहान ८:१५ मा सुरु हुनेछ । 

थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो  ।

नेपाल आज मलेसियालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तर, मलेसियाविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने देखिन्छ ।

नेपालले सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...