सुदूरपश्चिम खप्तड गोल्डकप: विश्वास र विकासको गोलमा नेत्रालय सेमिफाइनलमा

Khapptad

धनगढी । एपीएफ क्लबलाई स्तब्ध बनाउदैं मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै नेत्रालयले अन्तिम चारमा स्थान बनाएको हो ।

धनगढी रंगशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाएर नेत्रालयले जित निकालेको हो । नेत्रालयको जितमा विश्वास श्रेष्ठ र विकास राईले एक एक गोल गरे । एपीएफका युवराज खड्काले एक गोल गरे ।

 

खेलको नवौं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । खेलको ४१ औं मिनेटमा विश्वासले गोल गर्दै नेत्रालयलाई खेलमा फर्काए । त्यसपछि खेलको अन्तिम तीन मिनेट बाँकी रहदा विकासले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेत्रालयलाई २ ( १ को जित दिलाए ।

अब नेत्रालय काकरभिट्टाले सेमिफाइनलमा रुस्लान थ्री स्टार र च्यासल युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...