माडीमा जारी क्रिकेट प्रतियोगिताको सेमिफाईनलका खेलहरु आजबाट

Cricket

चितवन । बसन्तपुर ब्वाईज माडी नगरपालिका ३ को आयोजनामा जारी अन्तर वडास्तरीय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत आज सेमिफाईनलका खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा माडी नगरपालिका ५ र माडी नगरपालिका ६ बीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा माडी नगरपालिका ४ र माडी नगरपालिका १ बीचमा प्रतिस्पर्धा हुने खेल संयोजक रवि भुर्तेलले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलबाट सेमिफाईनल समिकरण पुरा भएको हो । हिजो भएको पहिलो चरणको अन्तिम खेलमा माडी नगरपालिका ३ बी लाई २३ रनले पराजित गदै माडी नगरपालिका ४ विजयी भएको हो ।

निर्धारित २० ओभरको खेलमा माडी नगरपालिका ४ ले १ सय ९८ रनको योगफल तयार पारेको थियो । १ सय ९९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको माडी नगरपालिका ३ बी १ सय७५ रनमा समेटिएपछि माडी नगरपालिका ४ विजयी भएको हो ।माडी नगरपालिका भित्रका ८ टिमको सहभागिता रहेको क्रिकेट प्रतियोगिता पौष २९ गतेसम्म सञ्चालन हुनेछ । खेलको विजेताले ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने क्लवका अध्यक्ष पदम पन्तले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...