कञ्चनपुरमा नगरस्तरीय र राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता सुरु

Kanchanpur khel suru

महेन्द्रनगर । दोस्रो भीमदत्त नगरस्तरीय माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता बुधबार सुरु भएको छ । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले बुधबार खुला मञ्चमा प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा भीमदत्त नगरपालिकाका ४३ सामुदायिक र संस्थागत विद्यालयका १ हजार ६ सय ४१ विद्यार्थीले भाग लिएका छन् । त्यसमध्ये ९ सय ११ छात्र र ७ सय ३० छात्रा सहभागी छन् ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु कबर्ड हलमा सञ्चालन गरिने छन् । प्रतियोगिताबाट राष्ट्रपति कप छनौट प्रतियोगिताका लागि खेलाडी छनौट गरिने भीनपा सामाजिक विकास समितिका सभापति हरकसिंह धामीले बताए ।

प्रतियोगितामा कबड्डी, भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ । गत वर्ष ३९ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

सो प्रतियोगिताको उदघाटन कार्यक्रममा राज्यमन्त्री रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्का, नेकपाका नेता नरबहादुर विश्वकर्मा, नेपाली काँग्रेसका नेता पदमराज अवस्थी, राष्ट्रिय जनमोर्चाका महेश जोशी, प्रहरी उपरीक्षक कुबेर कडायत, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर चन्द लगायत जनप्रतिनिधि, खेलाडी, प्रशक्षिक, विद्यार्थी सहभागी भएका थिए ।

सोखेलको उदघाटन कार्यक्रममा भारतको राजधानी दिल्लीमा सम्पन्न इण्डिया अपन अफ इन्टरनेशनल तेक्वान्दोमा स्वर्ण पदक जितेका भीमदत्त नगरपालिका वडा नं. १५ का तेक्वान्दो खेलाडी धिरेन्द्रसिंह कठायतलाई सम्मान गरियो । राज्यमन्त्री रावलले उनलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टलाई पनि सम्मान गरियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...