भक्तपुरमै पहिलोपटक राष्ट्रिय महिला कबड्डी सुरु

Vaktapur kabaddi khel

भक्तपुर । भक्तपुरमै पहिलो पटक राष्ट्रिय महिला कवड्डी प्रतियोगिता सुरु भएको छ । भक्तपुर नगरपालिका ४ नं. वडा खेलकुद समितिको आयोजनामा सुरु भएको सो प्रतियोगितामा भक्तपुरसहित कैलाली, नवलपरासी, शशस्त्र प्रहरी, नेपाल प्रहरी र नवलपुरबाट टिमको सहभागिता छ ।

भक्तपुर नगरपालिका २ स्थित शहिद स्मृति खेल मैदान प्रतियोगिता बुधबार सुरु सो प्रतियोगिता लिगकम नकआउट खेलाइने छ । कार्यक्रम संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुने टिमलाई क्रमशः नगद ५० हजार, ३० हजार र तृतिय हुने दुईवटा टिमलाई १०–१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

देशमै पहिलो पटक प्रत्येक खेलमा म्यान अफ दि म्याच, वेष्ट रेर्डर र वेष्ट क्याप्चर घोषणा गरी प्रत्येक खेलाडीलाई नगद दुई हजारका दरले ६० हजार रुपैयाको पुरस्कार प्रदान गरिने उनको भनाई छ । पुस २७ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उदघाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष संगीता हमाल, भक्तपुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल, वडा सदस्य पशुपति प्रजापति, राजेन्द्र माक र अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले पनि आ—आफ्नो विचार राखेका थिए ।

प्रतिकृया दिनुहोस