यस्तो छ आजको विदेशी मुद्राको अवस्था

Bideshi mudra

काठमाडौं । मंगलबार विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ छ । बहराईन दिनार १ को खरिददर २९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस