खप्तड गोल्ड कप फुटबल आजदेखि सुरु हुँदै

Game

काठमाडौं । तेस्रो सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघार र मेची नेत्रलय काँकडभिट्टाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिता धनगढी रङ्गशालामा हुँदैछ । दोस्रो खेलमा पुस २५ गते मोरङ एघारले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो दिन भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्नेछ भने पुस २७ गते संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलको खेल माघ दुई र तीन गते हुनेछ भने फाइनल खेल माघ पाँच गते हुने आयोजनकले जनाएको छ । प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्ने र विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस