अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जित्यो

Crx3zrdwhyshxa7xikg5

काठमाडौं । अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जितेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध पार्दै बराबरीमा सकिएपछि भारतले २–१ ले शृङ्खला जितेको हो ।

अस्ट्रेलियन भूमीमा भारतले टेष्ट शृङ्खला जितेको यो ७१ बर्षपछि पहिलो पटक हो । सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निर्णायक रह्यो ।

शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा १ सय ३७ रनले विजयी हुँदै भारतले घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो ।

चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खला कब्जा गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...