ए डिभिजन लिग फुटबल: संकटा क्लब पराजित

Football

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब आफ्नो अन्तिम लिग खेलमा पराजित भएको छ । आज भएको खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग २, १ गोल अन्तरले पराजित भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गर्नुभयो भने संकटाका लक्ष्मण रुचालले एक गोल फर्काए ।


खेलमा एपीएफका विश्वास उदास म्यान अफ दि म्याच चुनिए हारसंगै संकटाले सेलिब्रेसन खेलमा ३ अंक गुमाएको छ । तर, उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ शीर्ष पाँचमा अटाएको छ । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहेर लिग सकाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...