ए डिभिजन लिगमा आज एक खेल हुने

Football

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विभागीय टिम एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो साढे २ बजे हुने खेलमा दुवै टोलीले लिगको आफ्नो अन्तिम खेल खेल्नेछन् ।

ठुलो क्लबलाई पछाडी पार्दै उपविजेता बनेको संकटाले अन्तिम खेललाई सेलिब्रेशन गेमको रुपमा लिनेछ । पुलिसलाई पछाडी पार्दै टप फाईभमा पर्न सफल एपीएफले समेत जित सहित लिगको सुखद अन्त्य गर्न चाहेको देखिन्छ ।


सुरुवातबाटै गोलको खडेरी व्यहोर्दै आएको एपीएफले अन्तिम समयमा उत्कृष्ट खेल प्रर्दशन गर्दै लिगको शीर्ष पाँचमा आफुलाई अटाउन सफल भएको थियो । दोस्रो स्थानको संकटाको २८ अंक छ भने एपीएफ २० अंक सहित पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस