ङलिस प्रिमियर लिग: म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी

Premiur league

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।

गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गर्दा साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे ।

गएराती भएको अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीका लागि एन्गोलो कान्तेले निर्णायक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ४–१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडका लागि पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरे ।

बर्नमाउथका नाथन आकेले एक गोल फर्काए । गएराती बर्नलेले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हरायो ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको लिरभपूल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४७ अंक छ ।

४५ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ भने ४३ अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाचौैं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...