यस्तो छ आज तपाईको भाग्य, हेर्नुस् राशीफल

Rashi budhabar shreekrishna

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

प्रतिकृया दिनुहोस