महासमिति बैठक: कांग्रेस एकताबद्ध र सुदृढ हुने सभापति देउवाको दाबी 'पार्टीको आन्तरिक एकतामा जोड'

Gg

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीको आन्तरिक एकतामा जोड दिएका छन् । शनिबार राजधानीमा महासमिति बैठकको उद्घाटनसत्रमा बोल्दै नेताहरुले व्यवस्था परिवर्तनको शंखघोष गर्दा सफल हुने कांग्रेस कम्युनिस्टको दुईतिहाइबाट तर्सनु नपर्ने भन्दै बलियो कांग्रेसका लागि पार्टीभित्रको आन्तरिक एकता पहिलो शर्त हुनुपर्ने बताए ।

उनीहरुले एकताका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न तयार रहेको भन्दै महासमिति बैठक सकिँदै गर्दा कांग्रेस सम्पूर्णरुपमा एक भएर जानुपर्ने धारणा राखे ।

सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट कांग्रेस एकताबद्ध, अनुशासित र सुदृढ हुने दाबी गरे । उनले पार्टीका नेताहरुको विरोधमात्र नगर्न भन्दै सरकारको कमी–कमजोरीमा औंला उठाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी एकताका लागि तयार रहेको तर एकता यर्थाथमा आधारित हुनुपर्ने बताए । उनले नेतृत्वको कार्यशैलीमा समस्या रहेको भन्दै त्यसको सुधारकाबारे सार्वजनिकरुपमै आफ्नो दृष्टिकोण सार्वजनिक गरेको बताए । महासमिति बैठकले प्रस्ट दिशा र गन्तव्य तय गर्न सफल हुनुपर्ने नेता पौडेलको भनाइ छ ।

उनले कम्युनिस्ट सरकार बजारमा गनाइसकेको भन्दै कांग्रेसले जनस्तरमा आफूलाई प्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

यता उपसभापति विमलेन्द्र निधिले सधैं पार्टीभित्र लडेर बस्ने कि निर्वाचनका लागि योजना बनाउने रु भन्दै अर्को निर्वाचनको तयारीमा जुट्न नेतृत्वदेखि कार्यकर्ता सबैमा अपिल गरे ।

उनले पार्टी एकता एकार्कोको आलोचनाबाट सम्भव नहुने भन्दै ‘महासमिति बैठकबाट अब पार्टीको सिद्धान्त र व्यवहारमा प्रस्टता झल्कन आवश्यक छ’–भने ।

अर्का उपसभापति विजयकुमार गच्छादारले कांग्रेसलाई कुनैपनि शक्तिले कमजोर बनाउन नसक्ने भन्दै आन्तरिक एकता पहिलो शर्त भएको बताए । उनले ‘अन्तरमनबाट कांग्रेसीहरु एक हुने हो भने अहिले पनि कांग्रेसको भविष्य राम्रो छ’–भने ।


महामन्त्री डा.शशांक कोइरालाले महासमिति बैठकले पार्टीको अब लक्ष्य स्पस्ट गर्नुपर्ने भन्दै नयाँ रणनीतिका लागि महासमिति सदस्यहरुसँग आग्रह गरे । उनले पार्टीभित्रको मतभिन्नतालाई एकताका साथ महासमित बैठकले टुंग्याउने बताए ।


उद्घाटनसत्रमा बोल्दै महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केबी गुरङ सहमहामन्त्री डा। प्रकाशशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतले आन्तरिक एकतामा जोड दिएका थिए ।

उनीहरुले वर्तमान सरकार भ्रस्ट भएको भन्दै महासमितिले पार्टीभित्र आन्तरिक एकता मजबुत् बनाउँदै सरकारको भन्डाफोरमा उत्रनुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...