५ वर्ष ८ महिनापछि कांग्रेस महासमिति बैठक आजबाट शुरु हुँदै

Congresh

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुँदैछ । सिंहदरबार अगाडि रहेको एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा सहभागि हुन देशभरबाट सदस्यहरु राजधानी आइपुगेका छन् । महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । कांग्रेसको बहुप्रतिक्षित महासमिति करिब ५ वर्ष ८ महिनापछि बस्दैछ ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष बस्नुपर्ने भएतापनि सभापतिमा देउवा निर्वाचित भएसँगै पहिलो महासमिति बैठक बस्न लागेको हो । यसअघि नवलपरासीको त्रिवेणीधाममा २०६९ चैतमा महासमिति बसेको थियो । कांग्रेस महासमिति पार्टीको नीति निर्माण गर्ने शक्तिशाली वैचारिक थलो हो । कांग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यता, महासमिति मार्फत् उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार २ सय जनालाई महासमिति सदस्य र १ सय ५० जना पर्यवेक्षकका रुपमा समावेश गरिँदैछ । भने, केन्द्रीय कार्यसमिति बैठकले पारित गरेका तीन प्रस्ताव आजको बैठकमा पेश हुने भएका छन् । कांग्रेसका करिब १ हजार २ सय निर्वाचित महासमिति सदस्य रहेका छन् । आजबाट शुरु हुने महासमिति ३ गते समापन हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...