वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

W

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसद कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको आशंकामा संसदीय समितिले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारसँग पनि छलफल गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...