नेपाली कांग्रेसको महासमिति बैठकको औपचारिक उद्घाटन एकदिनपछि सर्यो

Congress meeting

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको औपचारिक उद्घाटन एकदिनपछि सरेको छ । महासमिति स्थल सिंहदरबारस्थित योगम्बर पार्टी प्यालेसमा आगामी शुक्रबारका लागि हल उपलब्ध नभएपछि उद्घाटन कार्यक्रम शनिबार सारिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

यद्यपि, महासमिति सदस्यहरुको दर्ता र स्वागत कार्यक्रम मंसिर २८ गते ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ ।

उद्घाटन सत्र समापन भएसँगै बन्द सत्र शुरु गर्ने तयारी कांग्रेसको छ । यो पटकको महासमितिमा झण्डै १४ सयको हाराहारीमा सदस्यहरु सहभागी हुने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...