कांग्रेस केन्द्रीय समितिमा आज पनि राजनीतिक प्रतिवेदनका बारेमा छलफल

Congress meeting

काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि राजनीतिक र साङ्गठनिक प्रतिवेदनका बारेमा छलफल हुने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा उपसभापति विमलेन्द्र निधिले हिजो पेस गर्नुभएको राजनीतिक तथा साङ्गठिक प्रतिवेदनको बारेमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

निधिले पेस गर्नुभएको प्रतिवेदनले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीमा शासकीय क्षमता नरहेको निष्कर्ष निकालेको छ । काँग्रेसको ऐतिहासिक सन्दर्भ, संविधानमाथिको स्वामित्व, वर्तमान अवस्था, सिद्धान्त र मान्यताअन्तर्गत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र र सङ्घीयताबारे काँग्रेसको धारणा राजनीतिक प्रतिवेदनमा समावेश छ ।


यसैबीच काठमाडौँमा शुक्रबार आयोजना हुने महासमिति भेलाको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसले जनाएको छ । भेला आयोजनाको खर्च करिब १ करोड पुग्ने प्रारम्भिक आँकलन गरिएको पार्टी प्रवक्ता शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...