समायोजन नभएसम्मका लागि सबै सरकारी कर्मचारीको सरुवा रोक्ने निर्णय

Samanya

काठमाडौं । सरकारले कर्मचारी समायोजन नभएसम्मका लागि सबै सरकारी कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम संघ, प्रदेश र स्थानीयत तहमा कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो ।

मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण अध्यावधिक गर्न हिजो सबै निकायमा पत्राचार गरेको छ । कर्मचारी समायोजन हुने समय नजिकिएपछि कर्मचारी सरुवा माग्दै मन्त्रालय धाउने र राजनीतिक लबिङ गर्ने क्रम तीव्र भएको थियो ।

त्यसैका कारण समायोजन नै प्रभावित हुने अवस्था देखेपछि मन्त्रालयले समायोजन नभइन्जेलसम्म विवरणमा फरक नपरोस् भन्ने उद्देश्यले सरुवा रोकेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...