‘राजपा र फोरमको सिद्धान्त फरक छ’

Rajendra mahato 552x300

मोरङ । राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले प्रदेश नं। २ को नाम मधेस प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् ।

राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसमा अगाडि वा पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए ।

ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको चाहना रहेको उनको भनाई छ ।

उनले सरकार असफल हुँदै गएको बताए । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने पनि बताए ।

संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले पनि २ वटै पार्टीको सिद्धान्त अलग रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...