अन्तरप्रदेशका समस्या समाधान बारे एक हप्ताभित्र प्रतिवेदन तयार गरिने

M

काठमाडौं, २५ मंसिर । अन्तरप्रदेश परिषद्को बैठकले गठन गरेको कार्यदलले एक हप्ताभित्र प्रतिवेदन तयार गरी बुझाउने भएको छ । हिजो सकिएको परिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशले भोग्नुपरेका समस्या समाधनका लागि गठन गरिएको कार्यदले उपयुक्त सुझावसहित प्रतिवेदन बुझाउने जानकारी दिए ।

कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री राउत, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सदस्य रहनु भएको छ भने सदस्य सचिवमा मुख्य सचिव लोकदर्शन रेग्मी रहने अर्थमन्त्री खतिवडाले बताए ।

कार्यदलले एक हप्ताभित्र बुझाउने प्रतिवेदनका आधारमा आगामी पुस ३ गते बस्ने परिषद्को बैठकमा छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...