केशव स्थापित भन्छन्, ‘बर्खास्त गरेको मलाई थाहा छैन’

Keshab yastapit

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको छ ।

तर स्थापितले आफूलाई बर्खास्त गरिएकोबारे जानकारी नआएको बताएका छन् । ‘मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन ।’ स्थापितले भने, ‘आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थापितलाई सबैसँग सल्लाह गरेरै हटाएको बताए ।
‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (स्थापित) को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।’

मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।

संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...