सरकार सबै क्षेत्रमा असक्षमः प्रकाश शरण महत

Prakash saran

काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको बताएका छन् । विहीबार रिपोर्टस क्लवको साक्षात्कारमा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सिमित भएको बताए ।

जनताको शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउँदै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने सवालमा पनि असक्षम प्रमाणित भएको उनको तर्क थियो ।

नेपाल विकास सम्बन्धी विहीबार सार्वजनिक एशियाली विकास बैंकको प्रतिवेदनले लगानी ह्वात्तै घटाएको देखाएको उल्लेख गर्दे उनले यस्तो अवस्थाले सम्वृद्ध मुलुक र सुखी नेपालीको लक्ष पुरा नहुने बताए ।

उनले जनताको आवाज, समस्या र मर्का बुझ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको भन्दै संगठन विस्तारका साथ अगामी निर्वाचनमा कांग्रेस एक्लैले सरकार बनाउने दाबी पनि गरे ।

नेता महतले कर वृद्धि तथा कानुन कार्यान्वय र व्यवस्थापकीय निकायको प्रभावकारी नियमन हुन नसक्दा लगानीको वातावरण खस्कँदै जानु, मुलुकभर हत्या हिंसा, बलात्कार र अशान्ति व्याप्त हुनुले सरकार पुर्णतया असक्षम भईसकेको प्रमाणित गरेको दाबी पनि गरे ।

प्रतिकृया दिनुहोस