सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी

Babauram bhatrai

काठमाडौं । सरकारविरुद्ध पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार काठमाडौंमा पार्टीद्वारा आयोजित भेलामा सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएको हो । तर आन्दोलन कहिले र कसरी गर्ने भन्नेबारे भने केही खुलाएको छैन ।

पूर्वप्रधानमन्त्री भट्टराई सरकारको विभिन्न निर्णय र कार्यशैलीप्रति लामोसमय मौन रहेको थियो । तर पछिल्लो पटक अर्थात् अमेरिका गएर फर्केपछि भने नेपाल कम्युनिष्ट पार्टी र सरकारप्रति आलोचक रुपमा प्रस्तुत हुन थालेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेकपाले आयोजना गरेको चियापान कार्यक्रमलाई समेत सामाजिक सञ्जालमार्फत आलोचना गर्दै उपस्थित नहुने जनाएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले भेलामा पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...