नेपाल–कतारबीच दुईवटा सहमतिमा हस्ताक्षर

President quatar1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपाल र कतारबीच दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पहिलो सहमतिमा कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषय रहेको छ ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस्तै, मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस