कांग्रेस मुख्यसचिव पौडेलविरुद्ध सूचना आयोगमा मुद्दा

Congress

 

काठमाडौँ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् ।

सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ ।

पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष विसं २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएकाले नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम पुनरावेदन पेश गरेको बताए ।

सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित कार्यालय प्रमुख वा सूचना अधिकारीलाई आयोगमा उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउनसक्ने प्रावधान छ ।

सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनको सन्दर्भमा गठन गरेको संसदीय समितिको गठन मिति, सङ्ख्या र गठन गर्दा लिएको आधारको प्रमाणी प्रतिलिपि, काङ्ग्रेस संसदीय समितिको बैठक हालसम्म कुन–कुन मितिमा कति पटक बसेको थियो र के–के निर्णय भएको थियो सो माइन्युटको प्रमाणित प्रतिलिपि काङ्ग्रेस संसदीय समितिले उम्मेदवार छनोट गर्दा लिएका आधार, अपनाइका प्रक्रियासहितको उम्मेदवारको नामावली माग गरेका थिए ।

सङ्ग्रौलालले भने, “पार्टीको शुद्धीकरण र सुदृढीकरणका लागि पार्टीका सबै निर्णय पारदर्शी हुनुपर्ने भन्दै आफूले मुख्यसचिव पौडेलसमक्ष सूचना माग गरे पनि उहाँले सूचना उपलब्ध गराउनुभएन, त्यसैले मैले पुनरावेदन गरेको हुँ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...