वडाध्यक्षमाथि आक्रमण, खुट्टा भाँचियो

Kutpit kutiya

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि एक समूहले आक्रमण गरेका छ ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ । महतोको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन्।

सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५–२० जनाको समूहले आफूमाथि आक्रमण गरेको वडाध्यक्ष महतोले बताए । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको महतोले बताए ।

‘साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत उनीहरुले लुटी लगे’, घाइते महतोले भने ।

घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । महतो काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस