संविधान संशोधन नभए छठ पछि सरकारलाई दिएको समर्थन फिर्ता : कर्ण

लक्ष्मणलाल कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले छठ पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

नेता कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरेको भन्दै छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हालसम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठ लगतै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने जानकारी दिए ।

अन्तरसंवादमा बोल्दै कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजेको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, ‘प्रदेश नम्बर २ सरकारले मात्र होइन यस्ता ऐन अव हरेक प्रदेशले ल्याउनु पर्छ ।’

संघीयता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघीयतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...