स्वतः स्थायी गर्न माग गर्दै अस्थायी कर्मचारी आन्दोलनमा

छठपछि आन्दोलन चर्काउने चेतावनी

Dharna karmachari

काठमाडौं । अस्थायी, करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुले स्वतः स्थायी गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले स्वतः स्थायी गर्न सरकारलाई दवाव दिएका हुन् । आइतबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि १ घण्टा धर्ना दिँदै आएका उनीहरुले सोमबार पनि धर्ना दिएका छन् ।

२० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले चेतावनी दिए ।

उनले सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे । आईतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन पत्र बुझाउन गएका संघका पदाधिकारीलाई मन्त्री पण्डितले भेट नदिएपछि संघले धर्नासहितको दवाव अभियान सुरु गरेको हो ।

अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आईतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...