चित्रबहादुर केसी भन्छन्, संघीयता ‘नखाउँ दिनभरीको सिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भयो

चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता ‘नखाउँ दिनभरीको सिकार, खाउँ कान्छा बाबुको अनुहार’ जस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए ।

कांग्रेस एमालेले समेत संघीयता नचाहेको तर वाध्यतामा परेर संघीयता स्विकारेको भन्दै उनले संघीयता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएकोे दाबी गरे । उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने बताए ।

उनले नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, कासी जानुपर्छ’ भने जस्तै भएको बताए । केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको समेत जानकारी दिएका छन् ।

नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागु गरिएकाले अहिले जनता स्वयम्नै संघीयताको विपक्षमा रहेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस