आठ दश वर्षपछि नेपालमा परिवर्तन देखापर्छ : अध्यक्ष दाहाल

Prachanda

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आठ-दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताएका छन् ।

नेकपा चितवनले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासको युगको शुरुवात भएको भन्दै पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको बताए ।

उनले भने, ‘पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ ।’ भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उनले भने, ‘छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ ।’ नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताए ।

दाहालले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताए । उनले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताए ।

प्रतिकृया दिनुहोस