भारतीय कम्युनिष्ट पार्टीका नेता यचुरी चन्द्रागिरि भ्रमणमा

सीताराम यचुरी

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले शुक्रबार चन्द्रागिरिको भ्रमण गरेका छन् । यचुरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अतन्त्य प्रभावित भएको जनाउँदै चन्द्रागिरिबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न पाउँदा आफुलाइ अत्यन्तै खुशी लागेको बताए । उनले प्यागोडा शैलीमा पुनः निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर यहाँको अर्को उत्कृष्ट विशेषता भएको भन्दै प्रशन्नता ब्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...