चौपाय छाडा छाडेको विषयमा छिमेकीले खुवाए ७५ वर्षीय वृद्धलाई मलमुत्र

Bridh lai malmutra khuwaiyo

उदयपुर । ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाइयो भनेको सुन्दा सायद यो घटना नेपालको होइन भन्न सकिन्छ । तर, नेपालकै उदयपुरका चौपाय छाडा छाडेको विषयमा ७५ वर्षीय वृद्धलाई मलमुत्र खुवाइएको छ ।

पशु चौपाया छाडा छोडेको विषयमा विवाद हुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मौवासीकी ७५ वर्षीया रेशममाया राईलाई छिमेकीले मलमूत्र खुवाएका हुन् ।

छिमेकीले दिनहुँजसो आफ्नो बारीमा छाडा गाईवस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमूत्र खुवाइएको पीडित रेशममाया राईले बताइन् ।

ती वृद्धले जिल्ला प्रहरी कार्यालय उदयपुरमा छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाएको उजुरी दिएकी छन् ।

कुटपिटबाट ती वृद्धको दाहिने आँखामा गम्भीर चोट लागेको छ भने शरीरका अन्य भागमा पनि निलडामहरू रहेका छन् । उनी बुधबार जिउभरि नै दिसा लिएर जिल्ला प्रहरी कार्यालय पुगेके प्रहरीको भनाई छ ।

पीडित महिलालाई महिला सुरक्षा वास तथा सेवा केन्द्रको संरक्षणमा सुरक्षित राखिएको जानकारी दिइएको छ । वृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...