सिके राउतका तीन कार्यकर्ता मुख्यमन्त्री कार्यालयबाटै पक्राउ

Pradesh 2

जनकपुर । प्रदेश– २ को मुख्यमन्त्री कार्यालयबाट सिके राउतका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्ता सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरु स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले केको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

राउत रौतहटको गौरबाट केही दिन अगाडि पक्राउ परेका छन् । राउतको समुहले तराई क्षेत्र नेपालबाट टुक्राउन अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...