माधव नेपाल भन्छन्ः प्रधानमन्त्रीज्यू, गल्ती गर्ने जो सुकै होस् डण्डा लगाउनुहोस्

Madhaba nepal

काभे्रपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने कसैलाई  नछोडी डण्डा लगाएर भएपनि तह लगाउन आग्रह गरेका छन् ।

काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आइतबार कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन् ।

नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए । उनले भने, “काभे्रपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस् ।”

नेता नेपालले काभे्रपलाञ्चोकको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए । उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभे्रपलाञ्चोकको महत्व निकै रहेको बताए ।

नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नु पर्ने समेत बताए । उनले भने “जनताको आँखाको नानी बन्ने उपाय खोज्नुस् ।” “जनतालाई सेवा सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन”, नेता नेपालले भने । नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...