अखिल(छैठौं)को अध्यक्षमा पुनः विमल पोखरेल, महासचिव महेश जोशी

अखिल(छैठौं)

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौं)को २१ औं राष्ट्रिय सम्मेलनबाट विमल पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा आइतबार साँझ सम्पन्न सम्मेलनले पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

तीन दिनसम्म चलेको अखिल (छैठौं) को २१औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा देवेन्द्र कुँवर र गणेश अधिकारी, महासचिवमा महेशराज जोशी, सचिवमा सुवास जिसी र गोपाल भट्टराई तथा कोषाध्यक्षमा हस्त रेग्मी निर्वाचित भएका छन् ।

यस्तै, भीमलाल पोखरेल, रेशम कँडेल र मनु सिंजाली सल्लाहकार चयन भएका छन् । अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष विमल पोखरेलले नेपालखबरसँग संक्षिप्त प्रतिकृया दिंदै अहिले कमजोर जस्तो देखिएको विद्यार्थी आन्दोलनलाई पुनः सशक्त बनाएर अघि बढ्ने बताए ।

उनले शैक्षिक माफिया, महंगी, कर वृद्धि, कालाबजारी र संघीयता विरुद्ध आन्दोलन संगठित गर्ने प्रतिवद्धता पनि जाहेर गरे । सम्मेलनको उद्घाटन शुक्रबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...