अहिले उप चुनाव लड्ने कुनै योजना छैनः नारायणकाजी

Naryana kaji

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल उपचुनाव लड्ने कुनै प्रस्ताव स्विकार नगर्ने बताएका छन् । गोराखामा शनिबार आयोजित एक कार्यक्रममा उनले चुनाव लड्ने आफ्नो कुनै योजना नरहेको बताए । ‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखेपनि म स्वीकार गर्दिन ।’

श्रेष्ठ गोरखा १ मा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । नेकपाका अर्का वरिष्ठ नेता वामदेव गौतम निर्वाचित सांसदलाई राजीनामा गराएर चुनाव लड्न तयार हुँदा नारायणकाजीलाई पनि प्रतिनिधि सभामा ल्याउनुपर्ने चर्चा चलेको थियो।

बर्दिया १ मा चुनाव हारेका नेकपाका अर्का नेता वामदेव गौतमले काठमाडौं ७ मा चुनाव लड्न रामवीर मानन्धरलाई राजीनामा गराउन सहमत गराएका थिए । तर, चौतर्फी आलोचना भएपछि गौतम तत्काल उपचुनाव लड्ने निर्णयबाट पछि हटेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...