‘उत्तर कोरियाको सेनाजस्तो नेपाली सेनालाई बनाउनु पर्छ’

Bharat bam 586x300

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ ले नेपालमा उत्तर कोरियोको मोडेलमा सेना निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले सम्पूर्ण जनतालाई सेना बनाउनु पर्ने धारणा राखे । उत्तर कोरियाको सेना र जनताले जसरी राष्ट्रियताको रक्षाको लागि एकीकृत लड्नु पर्ने आवश्यकता भएको बताए । उनले सेना र जनतासँग सधै सँगै हुनु पर्ने बताए ।

एक टेलिभिजन अन्तरवार्ताको क्रममा बमले नेपालको सेनाको भूमिकाको सही ढंगले उपयोग नगरिएको बताए । सेनालाई मुख्य भूमिका अन्तर्राष्ट्रिय हमला वा खतराको विरुद्धमा उभिने भएको तर नेपालमा त्यो नभएको बमले दाबी गरे । उनले नेपाल एकीकरणलगायत केही घटनामा सेनाको भूमिका देखिएपनि अधिकांश समय जनताको अधिकारको आन्दोलनलाई दबाउन सेनालाई प्रयोग गरिएको बताए ।

नेपालको सेनाको भूमिकालाई ठिक ढंगले परिभाषित नगरिएको बताउँदै अन्तरवार्ताको क्रममा बमले आफ्नो पार्टीले सेनाको भूमिकालाई नयाँ परिभाषा गर्न लागेको बताए । उनले त्यही परिभाषाभित्र नेपालको सेना आउनु पर्ने बताए ।

सरकारले नेपालको सेना र प्रहरीलाई राजनीतिक विचारलाई दबाउन प्रयोग गरिएको भन्दै त्यो ठिक नभएको बताए । उनले नेपालको सूचना बिच्ने, सीमा मिच्ने, देश विखण्डन गर्छु भन्नेलाई र सरकारमा बसेर राज्यका विरुद्ध षड्यन्त्र गर्नेविरुद्ध सेना परिचालन गर्नुपर्ने बाए । बमले सरकार संचालकहरुले सुरक्षाकर्मीको इज्जत नगरेको भन्दै आफूले भ्रष्टाचार गर्ने तर दोष सुरक्षाकर्मीलाई दिने गरेको भन्दै आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस