मुलुकलाई मजबुत बनाउन सबैको योगदानः पूर्व राष्ट्रपति यादव

Rambaran yadab

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । उनले जुनसुकै ठाउँमा बस्ने र जुनसुकै भाषा बोल्ने भएपनि पहिले म नेपाली हुँ भन्ने कुरा विर्सन नहुने बताए ।

शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमकाबीच उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मुलुकलाई मजदुत बनाउन सकेको योगदान दिन आग्रह गरे ।

उनले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

पूर्व राष्ट्रपति यादवले राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पुर्याउनु भएको योगदानको पनि स्मरण गराए । कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस