उर्जा मन्त्री पुन र क्यानेडियन सांसदबीच भेटवार्ता

Puna photo 1

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा उर्जा मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरेका छन् । मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजवुत बन्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागी क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह गरेका थिए । उनले आगामी वर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिए ।

भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्यूत क्षेत्रमा लगानीका सम्भावनाह?बारे मन्त्री पुनसँग छलफल गरेका थिए। निजी क्षेत्रका प्रतिनिधीमण्डललाई लिएर आएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...