नक्कली विप्लव खोज्न सक्कली विप्लवको ‘टास्कफोर्स’

Biplab

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मान्छे हौं भन्दै नक्कली कार्यकर्ता बनेर विभिन्न ठाउँमा चन्दा उठाएको भेटिएपछि नक्कली विप्लव समूहकाके सक्कली विप्लव समूहले खोजी सुरु गरेको छ ।

विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ ।

नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क. भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ ।

भृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया । कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर नक्कली खोजिरहेको छ ।

टास्कफोर्सका एक सदस्यका अनुसार गौशाला, कलंकी र कोटेश्वरतिरका टिकट काउण्टरदेखि तीन र पाँचतारे होटलसम्म नक्कली विप्वलव समुह बनेर पैसा उठाएको सूचना छ ।

त्यसमध्ये दुइ साताअघि नयाँ बसपार्कका होटलमा पैसा उठाउँदा उठाउँदै फेला परेका २७—२८ बर्षका युवकलाई तत्कालै रामधुलाई गरेको उनले सुनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...