नेकपा सचिवालय बैठकमा नेता नेपालको असहमति–पत्र पेश

Nekapa mitinga

काठमाडौं । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा दर्ता गराएको असहमति सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पेश गरिएको छ ।

नेता नेपालले यसअघि सचिवालयले गरेको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णयमा असहमति जनाएका थिए । आफ्नो अनुपस्थितिमा निर्णय भएको भन्दै नेता नेपालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेशमा रहेको बेला पार्टी महासचिव विष्णु पौडेललाई असहमति पत्र बुझाएका थिए ।

सचिवालय बैठकले पार्टीको तल्लो तहको एकता प्रक्रियाको मापदण्ड लगायतका विषयमा ठोस निर्णय गर्न नसकेपछि नेकपाले अब पार्टी भित्रका विवाद, एकता प्रक्रिया लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने निर्णय गरेको छ ।

सचिवालयको सोमबारको बैठकले स्थायी कमिटिमा एजेण्डा तय गर्न बुधबार पुनः सचिवालयको बैठक बोलाइएको छ । सोमबारको बैठकमा हालै नेताहरुले गरेको विदेश भ्रमणको बारेमा ब्रिफिङ गरेका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको विषयमा स्पष्ट धारणा राखेका बताएका थिए । यो बीचमा अध्यक्ष दाहालले भारत र चीनको भ्रमण गरे । नेता नेपालले घाना र चीन एवं नेता श्रेष्ठले चीनको भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...