बेपत्ता भएका इन्टरपोल प्रमुख पक्राउ

Pole....

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् ।

इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् ।

मेङमाथि चीनले कानुन उल्लंघनको आरोप लगाएको भएपनि त्यसबारे थप खुलाइएको छैन । मेङमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ । विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेङ इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए ।

चीन भ्रमणका क्रममा मेङ बेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी थिइन । इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...