देशभरका राहत शिक्षक काठमाडौंमा भेला, स्थायी गर्न माग

Sixyak andolan

काठमाडौं । स्वतः स्थायी गर्नै माग गर्दै राहत शिक्षक संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । देशभरका हजारौं राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्

आइतबार माइतीघर मण्डलामा भेला भएका राहत शिक्षहकहरुले नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

नेपाल राहत शिक्षक संघका बरिष्ठ सह अध्यक्ष नविनसिंह धामीले आफ्नो उर्जाशील उमेर शिक्षण पेशामा ब्यतित गरेको ४० लाख राहत शिक्षकको योगदानलाई सरकारले अवमूल्यन गरेको बताए ।

उनले एकै प्रकृतिबाट २०७१ सालसम्म नियुक्त भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्थायी गरिएको र कतिपयलाई गोल्डेन ह्याण्डसेक गरी बिदा गरिएको भन्दै राहत शिक्षकप्रति भने राज्यले अन्याय गरेको गुनासो गरे ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

त्यस्तै सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आइतबार विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरे ।

उनका अनुसार आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोथिमिस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ ।

उनले आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा आउन भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...