लेख्नेका हात बाँध्ने, बोल्नेको मुख थुन्ने अनि देश विखण्डनको नारा दिने सिके राउतलाई ?

Dhanaraj gurung 20181007060823

स्याङ्जा । लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए ।

नेपाल प्रेस युनियन स्याङ्जा शाखाको शनिवार आठौं अधिवेशनको उदघाटन गर्दै केन्द्रीय सदस्य गुरुङले लोकतन्त्रबिनाको प्रेस स्वतन्त्रता नहुने बताउँदै संविधान प्रदत्त हकलाई मुलुकी ऐन संहितामार्फत पत्रकारलाई अंकुश लगाउने काम गरेकोमा आपत्ति जनाए ।

‘बोल्नेका मुख बन्द गर्ने र लेख्ने हातमा हतकडी लगाउने तर देश विखण्डनको नारा दिने सिके राउतलाई सुरक्षा दिने जस्ता काम सरकारले गरेको छ,’ उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन धेरै भएपनि प्रवृत्ति फेरिएन, पञ्चायतकालमा नमिता÷सुनिता हत्याकण्डझैं अहिले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई सरकारले जोगाएको छ ।’

भारत र चीनतर्फ फर्केर मात्र समृद्ध नआउने उनले बताए । ‘दिगम्बर झाको नियुक्ति, ३३ किलो सुन, वाइडबडी जहाज प्रकरण, यातायात सिण्डिकेट जस्ता कुरामा सरकार माफियासँग झुक्यो,’ गुरुङले भने, ‘जनतालाई करको भारी बोकोउने अनि सिटामोलको एक चक्की खान नपाउने गरिब नागरिकका प्रधानमन्त्रीलाई २÷३ वटा बुलेटप्रुफ गाडी चाहिने ?’

यसैगरी, तत्कालीन संविधानसभा सदस्य राजु थापाले सरकारले दुईतिहाइको दम्भका आधारमा घुमाउरो पाराले पत्रकारितामा अंकुश लगाउन खोजेको बताए । जब पत्रकारका कलम लडबडाउन खोज्छन् तब देश दुर्घटनामा फस्ने बताउदै थापाले जननिर्वाचित सरकारले नागरिक झुक्काउने काम गरिरहेको गुनासो गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...