छरपरस्ट असन्तुष्टी सम्बोधन गर्न नेकपा सचिवालय बैठक बस्दै

Ncp6 n

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् ।

उनले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् ।

आइतबार अपराह्न ४ बजे बस्ने नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले नै यसबारे सार्वजनिक रुपमै असन्तोष व्यक्त गरिरहेका छन् । नेताहरुका अनुसार आज बस्ने बैठकमा यसबारे पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...