सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न राजमोको माग

Chitrabahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाले दोहोरो भत्ता नियन्त्रण गर्ने नाममा विदेशमा काम गरेर पेन्सन पाएका ब्यक्तिलाई राज्यका तर्फबाट दिईने सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरेको छ । सरकारले विदेशबाट पेनसन बुझ्नेहरुको भत्ता कटौती गर्न खोजेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।

सरकारले बितरण गर्ने सामाजिक सुरक्षा भत्ता ब्यक्तिको जीवन निर्वाह हुनेगरी वृद्धि गर्न पनि सरकारसँग राजमोले माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छः ‘सरकारले सामाजिक सुरक्षा भत्ता जस्तो वृद्ध भत्ता, एकल महिला भत्ता इत्यादि सहित अन्य सुविधा वा भत्ता दोहोरो अर्थात एकभन्दा बढी लिन नहुने व्यवस्था गरेको छ । त्यसलाई हामीले सही नै ठान्दछौँ ।

तर विदेशबाट कुनै पेन्सन वा सुविधा लिएका व्यक्तिहरूले पनि उपरोक्त सुविधा र भत्ता नपाउने कुरा सही हुँदैन । नेपाल राज्यकोतर्फबाट उनीहरूले त्यस प्रकारको सुविधा वा भत्ता पाउनु पर्दछ ।

अहिले सरकारले उपलब्ध गराउँदै आएका सामाजिक सुरक्षा भत्ता विशेष गरी वृद्ध भत्ताले उनीहरूलाई जीवन विर्वाह गर्न पुग्दैन । अहिले एउटा मात्र सुविधा वा भत्ता प्रदान गर्दा काफी रकमको बचत हुनेछ । त्यसकारण वृद्ध भत्ता सहितका भत्ता उनीहरूको जीवन निर्वाह हुने प्रकारले बृद्धी गर्न हाम्रो पार्टीले माग गर्दछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...