स्थानीय तह र प्रदेशलाई उचित बजेट नदिएको शशांकको आरोप

Shashank koirala

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित ‘विपीको प्रजातान्त्रिक समाजवाद, संघीयता र आर्थिक समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताको बास्तविक कार्यान्वयनका लागि सरकार गम्भिर बन्न नसकेको दावी पनि गरे । सरकारले बलात्कार, हत्यालगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री कोइरालाले आरोप समेत लगाएका छन् ।

कांग्रेस महामन्त्री कोइरालाले मुलुकलाई समृद्ध बनाउन युवा परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले पार्टीको विधानमा युवा परिचालनसम्बन्धि विशेष व्यवस्था गर्न पहल गर्ने आश्वासन पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...