आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल, यस्तो छ भित्री कारण

Sarbendra khanal

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएका छन् ।

आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् ।

बर्खास्त गर्न तत्काल सम्भव नभए आईजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो ।

केही दिन अघि नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षद्धय नविना लामा र रञ्जित तामाङले आईजीपी हटाउन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए । यो विषयले नेकपा भित्रै खैलाबैलासमेत मच्चाएको छ ।

यद्यपी निर्मला हत्याकाण्ड विरुद्ध आन्दोलन चर्केसँगै गृहमन्त्रीको राजीनामा माग हुन थालेपछि घटनालाई अन्यत्रै मोड्न सत्तारुढ दलकै नेताहरुले आईजीपीको राजीनामा माग गरेको चर्चा चलेको छ । निर्मला हत्याकाण्ड विरुद्ध आन्दोलन बढ्दै गएगृहमन्त्रीकै कुर्ची धरापमा पर्न सक्छ । त्यसैले नेकपाकै एउटा पक्षको योजनामा आईजीपीलाई बर्खास्त गरेर ‘केही गरेजस्तो’ देखाउने र गृहमन्त्रीको कुर्ची जोगाउने योजना सुरु भएको स्रोतको दाबी छ ।

नेकपा निकटका गुण्डा नाइकेलाई प्रहरीले कारवाही गर्न थालेका कारण आईजीपी हटाउन लबिङ चलेको नेकपाकै कतिपय नेता कार्यकर्ता बताउँछन् ।

केही दिनअघि मात्रै पनि प्रहरीले पक्राउ गरेका एकजना गुण्डा नाइकेलाई अनेरास्ववियूकी अध्यक्ष नविना लामाले प्रहरीबाट छुटाएर लगेकी थिइन् । तर प्रहरीले पुनः पक्राउ गरेपछि उनीहरु आईजीपीलाई नै हटाउन दबाब दिन थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...