इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो, एकता नहुँदा कमजोरः शशा‌ंक

Sasanka jpg

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो तर पार्टी एकता नहुँदा कमजोर रहेको बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उनले भने, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।”

महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै “सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन सक्दैन, ”, भने । नेता डा.कोइरालाले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोप लगाए ।

प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका अध्यक्ष उद्धव सिग्देल, उपाध्यक्ष सिर्जना श्रेष्ठ, रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष सुनिलकुमार पौडेल, सङ्घका पूर्वअध्यक्ष बासुदेव घिमिरे, महासचिव राजेन्द्र गौतम, प्रा.डा. जीवराज पोखरेललगायतले पार्टीले बुद्धिजीवीका विचारलाई लिएर अगाडि बढेमात्र सफल हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा महामन्त्री कोइरालाले क्याम्पसबाट हरेक वर्ष प्रकाशित हुने जर्नल ‘लोकदृष्टि’को विमोचन गरेका थिए । सोही अवसरमा महामन्त्री कोइराला, सांसद प्रधान र प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष पौडेललाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...